कोरोना विरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने – Janadesh Daily | ePaper

कोरोना विरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने


चन्द्रप्रकाश नेपाली:

सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ ।

देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गरिने उहाँले बताउनुभयो ।

गाउँ टोलमा स्थानीय शिक्षकहरुलाई सवैले मान्ने, उहाँहरु पनि आफै जान्ने र बुझ्ने भएकाले शिक्षकको भूमिका प्रभावकारी हुने डा. कार्कीको विश्वास छ ।

विषेश गरेर कोरोनाभाइरसबाट संक्रमित व्यक्ति र परिवारलाई समाजमा गरिने भेदभाव र घृणा नियन्त्रणका लागि पनि शिक्षकहरुले उनीहरुलाई सम्झाउने, बुझाउने गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्