३० हजार विद्यार्थी ‘एनओसी’ बाट वञ्‍चित – Janadesh Daily | ePaper

३० हजार विद्यार्थी ‘एनओसी’ बाट वञ्‍चित


जनादेश काठमाडौँ:

कोरोना संक्रमणको बढदो संकमर्णको कारण ५ महिनाअघि रोकिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गर्ने प्रक्रिया अझैसम्म नखुल्दा विभिन्न विदेशी विश्वविद्यालयहरुमा अध्ययनको अवसर पाएका ३० हजारभन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्यन शाखासम्बद्ध अधिकारीका अनुसार, ‘यसअघि सीसीएमसीले विदेशमा रहेका नेपाली उद्धार गर्न नसकिने भनेर गरेको निर्णयलाई पर्यटनमन्त्रीको अडानले शुक्रबार उल्टाइदिएको छ।

यसैगरी अडान र कारण स्पष्ट खुलाएर ३० हजारभन्दा बढी विद्यार्थीको यो समस्यालाई सीसीएमसीमा उठाउने हो भने एनओसी प्रक्रिया तत्काल सुचारु हुन सक्छ, यसमा शिक्षा मन्त्री र सचिवको अडान चाहिन्छ,ती अधिकारीले भने ।

मन्त्रालयले भने जेजसरी पनि विदेश जाने र अनियन्त्रित रुपमा भीड बढाउने स्थिति आएमा विद्यार्थीमाझ संक्रमण फैलन सक्ने भन्दै एनओसी तत्काल दिन नसकिने प्रतिक्रिया दिँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्