भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


जनादेश, भोजपुर ।

भोजपुरमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको हो । भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । त्यहाँ गरिएको पिसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्