काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ५४.०४ अंकले बढेर दुई हजार ३६४.६३ विन्दुमा पुगेको छ ।
बैंकिङ २६, विकास बैंक १९०, फाइनान्स १४६, होटल तथा पर्यटन ३२०, जीवन बीमा २४२, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ३८२, अन्य २३, व्यापार २२९, हाइड्रोपावर ५० र उत्पादन उपसमूह २०७ अंकले बढेको छ ।
आज सेन्ट्रल फाइनान्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिटिजन म्यूचुअल फन्ड २ को सेयर झण्डै १० प्रतिशतले घटेको छ ।
यस दिन ३०६ कम्पनीको ३ करोड २० लाख कित्ता सेयर १२ अर्बमा कारोबार भएको छ ।
५४ अंकले बढ्यो नेप्से, १२ अर्ब माथिको कारोबार
- ज
- ज
- ज
प्रतिक्रिया दिनुहोस्