लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता – Janadesh Daily | ePaper

लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता


चौतारा:

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्