भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित – Janadesh Daily | ePaper

भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित


नयाँदिल्ली:

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो ।

ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमित मध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्