नगद सहित ८ जना जुवाडे पक्राउ – Janadesh Daily | ePaper

नगद सहित ८ जना जुवाडे पक्राउ


चन्द्रप्रकाश नेपाली:

घोराही । दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय नेपाली रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुका नाम खुलाईएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्