६३ स्थानीय तह बजेट ल्याउन अझै असफल – Janadesh Daily | ePaper

६३ स्थानीय तह बजेट ल्याउन अझै असफल


जनादेश काठमाण्डौ:

असार १० गते भित्र चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याउनु पर्ने भए पनि अझै ६३ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७ सय ५३ स्थानिय तह मध्य अहिले सम्म ६ सय ९० स्थानिय तहले मात्रै बजेट कार्यक्रम ल्याएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नम्बर २ मा छन् । त्यहाँ कुल १३६ स्थानीय तह रहेकोमा ९६ वटा स्थानीय तहले मात्र बजेट ल्याउन सफल भएका छन् ।

त्यसैगरी, प्रदेश १ मा ६, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ३, ५ नम्बर प्रदेशमा एक, कर्णालीमा एक र सुदुरपश्चिमका ६ वटा गरी ६३ स्थानिय तहहरुले अझै बजेट ल्याउन नसकेका हुन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार १० मा बजेट ल्याउने र असार मसान्तसम्म पास गरिसक्नु पर्ने हुन्छ ।

यसरी बजेट ल्याउन नसक्दा स्थानीय सरकारको प्राथमिकता अनुसार विकास निर्माण र पूँजीगत काम अगाडि बढ्न सक्दैनन् भने तलव भत्ता मात्र खाएर स्थानीय सरकार संचालन गर्नुपर्ने हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्