चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता – Janadesh Daily | ePaper

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता


इस्लामावाद:

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ ।

उक्त पत्रिकाका अनुसार उहाँहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो ।

पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा हुनुहुन्छ । उहाँ चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएको पनि सो पत्रिकाले जनाएको छ ।

उक्त पत्रिकाका अनुसार उहाँहरुबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ ।

चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्धिपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन जानुभएको हो ।

उहाँहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत हुनुभएको बताइएको छ ।

उहाँहरुबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्