नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो – Janadesh Daily | ePaper

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो


जनादेश, काठमाडौँ:

पछिल्लो चौबिस घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ९ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले भक्तपुर, मकवानपुर, सिराहा , वाराका १ / १ जना पुरुष ,पर्साका ३ जना पुरुष र सुनसरीको ६ वर्षीय बालिका र १ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा १८२ जना महिला र ४५२ जना पुरुष छन् । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या १३६ रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्