काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६३७.७९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १३, विकास बैंक १३४, फाइनान्स १२०, होटल तथा पर्यटन २५१, हाइड्रोपावर ४९, जीवन बीमा ३६१, अन्य ४६, उत्पादन १२८, माइक्रोफाइनान्स ९७, ब्यापार ३४, र निर्जीवन बीमा उपसमूह २९१ अंकले घटेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि रिभर फल्स पावर, हिमालयक हाइड्रोपावर, रावा इनर्जी र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२४ कम्पनीको २ करोड ४८ लाख कित्ता सेयर १० अर्ब ३३ करोडमा कारोबार भएको छ ।