विद्युतीय माध्यमबाट मात्र सेयर कारोबारको भुक्तानी – Janadesh Daily | ePaper

विद्युतीय माध्यमबाट मात्र सेयर कारोबारको भुक्तानी


जनादेश, काठमाण्डौः

सेयर बजारमा नगद कारोबार गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकरहरुको छातासंगठन स्टक ब्रोकर्स एसोसिएसनले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र सेयर कारोबारमा भुक्तानी गर्न आग्रह गरेको छ ।

‘व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न भनिएकाले अब उप्रान्त धितोपत्र दलाल व्यवसायीहरुले विद्युतीय माध्यमबाहेकबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रस्ट पार्न चाहन्छौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ, कनेक्ट आईपीएसलगायत इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरुमा आबद्ध हुन पनि संघले भनेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्