अट्वारी पर्वले समुदायमा आपसी समझदारी र बन्धुत्वको भावना विकास गर्न सहयोग गरेकोछः मन्त्री भट्ट – Janadesh Daily | ePaper

अट्वारी पर्वले समुदायमा आपसी समझदारी र बन्धुत्वको भावना विकास गर्न सहयोग गरेकोछः मन्त्री भट्ट


जनादेश, कैलाली:

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ ।

आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै अट्वारी पर्व मनाउने थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सुदूरपश्चिम प्रदेशसमेत कठिन मोडबाट गुज्रिरहेको कठिन परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई पर्वलाई खुशीयालीसाथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

थारू समुदायले मनाउने अट्वारी पर्वले सम्पूर्ण प्रदेशवासीमा खुशी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता र पारस्परिक सुमधुर सम्बन्ध बनाउन सघाउ पुगोस् भनी कामना गर्नुभएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्