शिशुको स्याहारमा ध्यान दिन विज्ञको सुझाव – Janadesh Daily | ePaper

शिशुको स्याहारमा ध्यान दिन विज्ञको सुझाव


चन्द्रप्रकाश नेपाली:

घोराही। नेपालमा नवजात शिशुको मृत्युदर तीन गुणाले बढेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेपालमा शिशुको मृत्युदर तीन गुणाले बढेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।

जन्मेको २४ घण्टाभित्रै सुत्केरीमा हुने समस्याका कारण नवजात शिशुको मृत्युदर पनि उच्च रहेको देखिएको छ । परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष ६ लाख ५० हजार शिशु जन्मिने गरेका छन ।

जसअनुसार नेपालमा नवजात शिशु मृत्युदर अर्थात जन्मेको पहिलो २८ दिनभित्र हुने मृत्युदर झनै बढी छ । स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रत्येक हजारमा ३९ रहेको छ ।

अहिले प्रतिहजार जीवित जन्ममा २१ को ज्यान जाने गरेकोमा आउने सन २०३० सम्ममा १२ मा झार्ने सरकारको लक्ष्य रहेको महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

परिवार कल्याण विभागकी नर्सिङ अफिसर लक्ष्मी मरासिनी आचार्यका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा मात्रै देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा १५ सय ३९ जना शिशुको ज्यान गएको छ । जसमध्ये जन्मेदेखि २७ दिनभित्र २१ प्रतिशतको ज्यान जाने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्