चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो – Janadesh Daily | ePaper

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो


काठमाडौँ ।

यहाँको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिनुभयो । “कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, शशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ”, प्रवक्ता महर्जननले भन्नुभयो । सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शै्ययाको रहने नगरपालिकाले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्