११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा – Janadesh Daily | ePaper

११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा


जनादेश, गलकोट ।

बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ ।

संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययन अध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेट लगायतका आवश्यक उपकरण प्रदान गरेको छ ।

ती विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको संस्थानले जनाएको छ । बागलुङ नगरपालिकास्थित रुद्रेपिपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भिमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्य लक्ष्मी मावि रिघामा कम्प्युटर सहित अन्य प्राविधिक सामाग्री जडान गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्