कोरोना संक्रमणका कारण प्रत्यारोपण केन्द्रमा एक पुरुषको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणका कारण प्रत्यारोपण केन्द्रमा एक पुरुषको मृत्यु


जनादेश, भक्तपुर ।

भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

दुबै मिर्गौलाले काम नगरेपछि डायलाइसिस गराउन आएका बुटवलका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । डायलाइसिस गर्नू अघि नै गर्न उनको मृत्यु भएको अस्पतालले जनाएको छ । आफन्तसहित अस्पताल पुगेका उनमा यस अघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगेर दाहसंस्कार गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्