दाङमा एकै घरका आठसहित १४ मा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

दाङमा एकै घरका आठसहित १४ मा कोरोना सङ्क्रमण


जनादेश, दाङ।

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए ।

सङक्रमित हुनेमा पाँच वर्र्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उहाँले बताए ।

सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ । क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्