रुकुमपूर्वका सीमा बन्द – Janadesh Daily | ePaper

रुकुमपूर्वका सीमा बन्द


जनादेश, रुकुमपूर्व ।

रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ ।

रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राती १२ः०० बजेदेखि लागु हुने गरी यही भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ ।

रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशालालगायतका क्षेत्र बन्द गरिएको छ ।

आज बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्