बागलुङमा थप एक साता निषेधाज्ञा – Janadesh Daily | ePaper

बागलुङमा थप एक साता निषेधाज्ञा


जनादेश, बागलुङ ।

बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको बैठकले थप एक साता जारी राख्ने निर्णय गरेको हो ।

गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका–२ र ३ का दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा सङ्क्रमण फैलिएको थियो ।

बागलुङ बजारकै दुई महिलाकै सम्पर्कमा आएकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भएपछि थप निषेधाज्ञा गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्