वर्गीकरण गरिएकालाई कोभिड–१९ अस्पतालमा परिणत गरिनेः प्रवक्ता डा. गौतम – Janadesh Daily | ePaper

वर्गीकरण गरिएकालाई कोभिड–१९ अस्पतालमा परिणत गरिनेः प्रवक्ता डा. गौतम


जनादेश, काठमाण्डौ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ ।

यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिनुभयो ।

“तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का सङ्क्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको छ ।”

ती कोभिड अस्पतालले अब कोभिडको सङ्क्रमण भए पनि नभए पनि सबै सेवा दिनुपर्ने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्