चन्द्रप्रका नेपाली, घोराही ।
कोरोना संक्रमण न्युनिकरण गर्न दाङमा आजदेखि सवारी साधनमा जोरविजोर लागु गरिएको छ ।
जोरविजोर भिडभाड कम गर्ने भन्दै जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिले आजदेखि अनिस्चितकाल सम्मका लागि सवारी साधनमा जोरविजोर लागु गरिएको हो ।
आज विहानैदेखि जोरविजोरमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुईदिन अघिदेखि सूचित गरिएपनि जोरविजोरको ख्याल नगरी नियम तोड्ने धेरै सवारी साधनलाई जहाँ भेट्यो त्यहि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएकाछन् ।
जिल्लाका विभिन्न ठाउँमा जोरविजोर उल्लघंन गरेको पाइएको र उनिहरुलाई कारवार्हि स्वरुप होल्ड गरिएको खड्काले जानकारी दिनुभयो । यसैगरी मास्क नलगाउनेलाई पनि कावार्हि गर्न थालिएको छ ।