लमजुङ,
लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरवास (होमस्टे) ।
एकसय २५ घरधुरीमध्ये ३८ वटा घरवास रहेको यस गाउँमा विगतका वर्षहरुमा यस समयमा दैनिक सयौँ पर्यटकको भीडभाड हुने गरेता पनि कोरोनाको त्रासका कारण यस वर्ष पर्यटक नआउँदा घरवास सुनसान हुनका साथै आर्थिक आम्दानी रोकिँदा घरवास सञ्चालक चिन्तित बनेका छन् ।
त्यस्तै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै गत बुधबारदेखि यस स्थानलाई सिल गरिएको छ । तस्बिर ः जनक श्रेष्ठ/रासस