एजेन्सी ।
भारतले चर्चित मोबाइल गेमिङ एप पब्जीमा हठात् प्रतिबन्ध लगाएपछि चिनियाँ कम्पनी टेन्सेन्टले भारत सरकारसँग गम्भीर आपत्ति प्रकट गरेको छ ।
कम्पनीको भारतमा रहेको लाइसेन्स रद्ध गर्दिने चेतावनी दिएपछि भारत सरकारलाई अफ्ठेरो परेको छ । यसो भएमा टेन्सेन्टका अन्य सेवा पनि भारतमा बन्द हुनेछन् ।
कम्पनीको चेतावनीपछि भारत सरकार दबाबमा परेको तर पब्जी खोल्ने निर्णय बारे यसै भन्न नसकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तर पब्जीको प्रतिबन्ध हट्ने सम्भावना बढेर गएको भन्दै पब्जी प्रशंसकहरुले खुसी व्यक्त गरेका छन् ।
पब्जी कोरियन कम्पनीको उत्पादन भएपनि भारतमा चिनियाँ स्वामित्वमा रहेका कारण प्रतिबन्धमा परेको थियो । तर टेन्सेन्टको चेतावनीपछि भारत सरकारले फुकुवा गर्ने सम्भावना बढेको हो ।
भारतले केही दिन अघि मात्र सुरक्षाको कारण देखाउँदै पब्जीसहित १ सय १८ मोबाइल एपमा प्रतिबन्धको घोषणा गरेको थियो ।
यो पनि हेर्नुस् –