अमेरिकी चुनावमा ह्याकरको निशानाः माइक्रोसफ्ट – Janadesh Daily | ePaper

अमेरिकी चुनावमा ह्याकरको निशानाः माइक्रोसफ्ट


एजेन्सी ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूह ह्याकरको निशानामा परेको दाबी गरेको छ । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले यस्तो गतिविधि गरिरहेको माइक्रोसफ्टको दाबी छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, सोही समूहका ह्याकर यस पटक पनि सक्रिय भए भएको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकामा राष्ट्रपति चयनका लागि आगामी नोभेम्बरमा चुनाव हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडनबीच ह्वाइटहाउसको प्रतिस्पर्धा छ । दुवै समूहको चुनाव प्रचार ह्याकरको निशानामा परेको माइक्रोसफ्टको दाबी छ ।

यस अघि सन् २ हजार १६ मा ह्याकरहरुले राष्ट्रपति ट्रम्पको पक्षमा ह्याकिङ भएको आरोप लागेको थियो ।

यो पनि पढ्नुस्- सेप्टेम्वर एघारः अमेरिका आक्रमणका १९ वर्षमा के के भए 

लद्दाख तनावः चीन र भारतका विदेशमन्त्रीबीच पाँचबुदे सहमति 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्