नचाहिने इमेल आएर दुख दियो भने यसो गर्नुस् – Janadesh Daily | ePaper

नचाहिने इमेल आएर दुख दियो भने यसो गर्नुस्


जनादेश, काठमाण्डौ ।

सूचना प्रविधीका नयाँ नयाँ विकाशसँगै हाम्रो दैनिकी पनि फेरिएको छ । हामी आजकल इमेलमा निर्भर छौं । तर इमेलको इनबक्समा तपाइँलाई चाहिने इमेल मात्र आउँदैनन् ।

इनबक्समा आफूलाई नचाहिएका इमेल र जंक इमेलले दिक्क पार्छन् । यदि तपाइँलाई पनि यस्तै दिक्क लाग्ने अवस्था आएको छ भने यहाँ त्यस्ता इमेलबाट छुटकारा पाउने तरिका उल्लेख गरिएको छ ।

इमेल खोल्ने वित्तिकै फेसबुक नोटिफिकेसन देखि अनेक अनेक मेल आएर दिक्क हुनु हुन्छ भने स्कानिङ गर्नका लागि इमेल लिष्ट बनाउनुस् । Unroll.me प्रयोग गरेर आफूलाई चाहिने इमेल लिष्ट बनाएर अन्य अनावश्यक मेल आउने इमेल आइडीलाई अनसब्सक्राइव गर्न वा स्पाममा पठाउन सकिन्छ ।

अनरोल डट मीले तपाइले स्कानका लागि आधिकारिक मेल आउने इमेल ठेगाना सूचीकृत गर्छ र त्यसबाहेकका इमेललाई स्पाम लिष्टमा हालिदिन्छ ।

यसको प्रयोग गर्दा विहान हेर्दा मेलबक्स भरिने तर चाहिने मेल एउटा पनि नहुने समस्या समाधान हुन्छ ।
यो साइटले तपाइँको गोप्यता भंग गर्दैन तर तपाइँलाई नचाहिने मेल आउने झन्झटबाट भने बचाउँछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्