लिमीमा पाँच महिनापछि इन्टरनेट – Janadesh Daily | ePaper

लिमीमा पाँच महिनापछि इन्टरनेट


सिमकोट ।

बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा नेट चलेको छ । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनाा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिनुभयो ।

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उहाँको भनाइ थियो ।

नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसंँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चले पनि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्