एजेन्सी ।
टिकटक छोटो समयमा विश्वका अधिकाश मानिसको मन जित्न सफल सफ्टवेर हो । छोटो समयको भिडियो अपलोड गर्नको लागि सुविधा उपलब्ध गराइएको यो सफ्टवेर विश्वभर लोकप्रिय भयो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा देखिएको भन्दै बाइटडान्सलाई अमेरिकामा टिकटक बन्द गर्न वा यसको स्वामित्व अमेरिकी नागरिक वा कम्पनीलाई बेच्न चेतावनी दिएका थिए । तर यसै बीच धेरै कम्पनीहरुले ट्रम्पको आदेश अस्विकार गरिदिए ।
राष्ट्रपति ट्रम्पको चेतावनीपछि बाइटडान्स अमेरिकामा टिकटक जारी राख्ने सम्भावनाको खोजीमा थियो । यसबीचमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओ¥याकलले अमेरिकामा टिकटकको स्वामित्व खरिद गर्ने प्रयास गरेका थिए । तर त्यो सफल भने भएन ।
बाइटडान्सले माइक्रोसफ्टको प्रस्ताव अस्वीकार गरेको छ । बिबिसीले दाबी गरेअनुसार हाल राष्ट्रपति ट्रम्पले दिएको डेडलाइनमा बाइटडान्सले अमेरिकी कम्पनी ओ¥याकललाई आफ्नो साझेदारको रूपमा भित्र्याएको छ ।
ओ¥याकलका अध्यक्ष लारी इलिसन राष्ट्रपति ट्रम्पका कट्टर समर्थक हुन् । लारी आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन खुलेर लागेका उद्योगपति हुन् । लारीले ट्रम्पको निर्वाचन अभियानलाई सघाउन गत फेब्रुअरीमा उनको घर रहेको क्यालिफोर्निया सहरमा सहयोग संकलन अभियान नै चलाएको बिबिसीले उल्लेख गरेको छ ।
नयाँ सम्झौताअनुसार अमेरिकामा टिकटकको प्राविधिक पक्षको जिम्मेवारी ओ¥याकलले हेर्नेछ । योसंगै टिकटकलाई केही राहात मिलेको छ ।
लोकप्रियता हासिल गरिरहेको अमेरिकामा पनि टिकटकले सरकारको ठूलो अवरोधको सामना गर्नु परिरहेको छ ।