सामाजिक सञ्जाल ह्वाट्सएपले नयाँ नीति ल्याउँदै, नमाने अकाउन्ट नै डिलिट हुने – Janadesh Daily | ePaper

सामाजिक सञ्जाल ह्वाट्सएपले नयाँ नीति ल्याउँदै, नमाने अकाउन्ट नै डिलिट हुने


एजेन्सी ।

सामाजिक सञ्जाल ह्वाट्सएपले अब छिटै आफ्ना सर्त तथा गोपनीयता नीति अपडेट गर्ने भएको छ । नयाँ नीति अर्को वर्षदेखि सुरु गर्ने बताइएको छ । यो नीति फेब्रुअरी ८ देखि लागू हुनसक्ने बताइएको छ ।

ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेटसम्बन्धी स्क्रिनसट सेयर गरेको छ। रिपोर्टअनुसार नयाँ नियमको स्वीकार नगर्ने प्रयोगकर्ताको एकाउन्ट बन्द हुने छ । यस नीतिका अनूरुप प्रयोगकर्ताले यो नयाँ नीति स्वीकार गर्नुपर्छ वा अकाउन्ट नै डिलिट गर्नुपर्छ ।

एक अर्को स्क्रिनसटमा देखाइएअनुसार नयाँ पोलिसी अपडेट ह्वाट्सएपको प्रोसेसिङ सिस्टमसँग जोडिएको हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्