एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट @realDonaldTrump सधैंका लागि बन्द भएको छ ।
ट्रम्पले ट्वीटरको नियम र सम्झौता उल्लंघन गरेका कारण अकाउन्ट बन्द गरिएको बताइएको छ ।
ट्रम्पका ट्वीटको उक्साहटमा आएर उनका समर्थकले अमेरिकामा हिंसा भड्काउन थालेपछि केही दिन अघि मात्र ट्वीटरसहित केही सामाजिक सञ्जालले ट्रम्पको अकाउन्ट लक गरिदिएका थिए ।