काठमाडौं ।
नेपालमा गत २४ घण्टामा १०४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १०४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
२४ घण्टामा ८९१ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १६१९४ जना रहेको छ ।
२४ घण्टामा उपत्यकामा ४४० जना संक्रमित भएका छन् ।
नेपालमा सक्रिय संक्रमण दर १८ दशमलव ८ प्रतिशत रहेको छ । मृत्यु प्रति दश लाखमा ३७७ दशमलव २ जना रहेको ।