आजदेखि मौसममा बदलीः वर्षा, हिमपातको सम्भावना, शनिबारसम्मै रहने – Janadesh Daily | ePaper

आजदेखि मौसममा बदलीः वर्षा, हिमपातको सम्भावना, शनिबारसम्मै रहने


जनादेश वेदर।
आज (बुधबार)देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ । मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यूनचापीय प्रणालीको प्रभावले बदली हुने भएको हो।

प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन् । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ ।


महाशाखाले विशेष मौसम बुलेटिन निकालेर मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ । प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आकलन गरिएको छ ।

मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार बुधबारेदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ । ‘वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद्ले यो प्रणालीको असर आइतबारसम्म पर्ने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्