देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना – Janadesh Daily | ePaper

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


जनादेश वेदर।

देशभरको मौसम मंगलबार आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले बदली भएको हो । हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागमा सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहेको छ।

मंगलबार दिउँसो देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैबीच सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्