जनादेश, बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
ज्वरो र खोकी देखिएपछि उपचारको लागि बहिबार लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा भर्ना भएका कपिलवस्तुका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
आइसीयूमा उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको चिकित्सकले जनाएका छन् ।