घोराही सिमेन्टकाे आइपीओ खुला – Janadesh Daily | ePaper

घोराही सिमेन्टकाे आइपीओ खुला


घोराही सिमेन्टले सर्वसाधारणका लागि आइपीओ खुला गरेको छ ।

कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो । जस अनुसार कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वासाधारणका लागि खुला गरिएको छ ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।

यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्