पाँच अंकले बढेको सेयर बजारमा ३ अर्ब १६ करोडको कारोबार – Janadesh Daily | ePaper

पाँच अंकले बढेको सेयर बजारमा ३ अर्ब १६ करोडको कारोबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५ अंकले बढेर दुई हजार ०४२.०७ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन २०८, जीवन बीमा ३०८, उत्पादन ८, निर्जीवन बीमा १४३ र अन्य उपसमुह २ अंकले बढेको छ । बैंकिङ २, विकास बैंक १२, फाइनान्स १६, जलविद्युत ८, माइक्रोफाइनान्स २१ र ब्यापार उपसमूह ४४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिटी होटल लिमिटेडको सेयर ९.९७ र अभियान लघुवित्त वित्तिय संस्थाको सेयर ९.२० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज भूगोल इनर्जीको सेयर झण्डै ६ प्रतिशतले घटेको छ ।

यस दिन २७० कम्पनीका ७८ लाख ९६ हजार कित्ता सेयर ३ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्