संशोधनविनै बजेट पास गर्ने तयारीः असन्तुष्टको आगामी कदमबारे अन्योल – Janadesh Daily | ePaper

संशोधनविनै बजेट पास गर्ने तयारीः असन्तुष्टको आगामी कदमबारे अन्योल


जनादेश वाच।

सत्ताधारी दलका नेताहरूले नै संशोधन नभए बजेट पारित हुन नदिने चेतावनी दिइरहेका बेला आगामी आइतबार (१७ असार) बजेट पास गर्नेगरी सरकार अघि बढेकाे छ । बुधबारसम्म बजेटबारे मन्त्रालयगत छलफल र मन्त्रीहरूकाे जवाफ दिने कार्य सकेर १७ असारमा बजेट पारित गर्नेगरी सरकार अघि बढेकाे हाे ।

साझेदार दलहरूबीच देखिएका असमझदारीहरूलाई समयक्रममा सम्बाेधन गर्नेगरी हाललाई बजेट जस्ताकाे त्यस्तै पारित गर्ने तयारी भइरहेकाे स्राेतकाे भनाइ छ । ‘संशाेधन हुँदैन । अहिलेलाई बजेट पारित हुन्छ । असमझदारीहरू बिस्तारै हल हुँदै जान्छन्’, स्राेतले भन्याे ।

कतिपय सत्तारुढ सांसदहरूले नै बजेट संशोधन गर्नै हुन्न भन्ने परम्परागत मान्यताबाट माथि उठेर असन्तुष्टिहरू हल गर्न सुझाव दिए पनि सरकार त्यसमा तयार नदेखिएकाे हाे ।

खासगरी सरकारमा रहेका एकीकृत समाजवादी र जसपाले बजेट संशोधन नभए विपक्षमा मतदान गर्ने चेतावनी दिइसकेका छन् । कतिपयले बजेटकै कारण देखिएकाे खटपटले सत्तासमीकरण नै फेरिन सक्ने अनुमान पनि गरेका छन् । प्रमुख विपक्षी एमालेले बजेट फेल गरेर सरकार ढाल्ने कसरत गरिरहेकाे उनीहरूकाे भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्