२८ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४ करोडको कारोबार – Janadesh Daily | ePaper

२८ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४ करोडको कारोबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २८.३८ अंकले बढेर दुई हजार ०७७.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ३९, जलविद्युत् ०.१२, जीवन बीमा २१५, उत्पादन ९६, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा २५८, अन्य ४१, ब्यापार उपसमूह १०३ र होटल तथा पर्यटन उपसमूह २६७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । यस्तै सिटी होटलको सेयर ९.५१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि अपर तामाकोशी हाइड्रोपावरको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २८७ कम्पनीका ८३ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्