पेट्रोलियम पदार्थमा आज आइतबारदेखि स्वचालित मूल्य लागू हुँदैछ ।
नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको हो । अब भारतबाट घटबढ भएर आउनेवित्तिकै नेपालमा पनि मूल्य तलमाथि हुनेछ ।
‘अब भारतबाट मूल्य घटेर आए मूल्य स्वतस् घट्छ भने बढेर आएमा बढ्नेछ,’ एक कर्मचारीले भने। निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ। स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् ।
भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम र ३ प्रतिशतसम्म नाफा जोड्नेछ । पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको छ ।