आजदेखि बढ्यो हवाई भाडा, ६ प्रतिशतको वृद्धि – Janadesh Daily | ePaper

आजदेखि बढ्यो हवाई भाडा, ६ प्रतिशतको वृद्धि


जनादेश अपडेट।

वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् ।

सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।

हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्