नेप्से ४७ अंकले बढयो, दुई अर्ब ५६ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ४७ अंकले बढयो, दुई अर्ब ५६ करोडको कारोबार


सोमबार सेयर बजार ४७ अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढेर दुई हजार १४४.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ ३५, विकास बैंक १६१, उत्पादन ७८, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६२, अन्य २०, फाइनान्स ६९, जलविद्युत् १७, जीवन बीमा २८२, व्यापार ३८ र होटल तथा पर्यटन उपसमूह १५४ अंकले बढेको छ ।

आज बीपीडब्ल्यू लघुवित्त र यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि कुमारी धनवृद्धि योजनाको सेयर झण्डै साढे आठ प्रतिशतले घटेको छ ।

यसदिन २५७ कम्पनीका ७६ लाख ३४ हजार कित्ता सेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्