काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।
महानगरले जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो । महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय अनुसार सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरको हो,’ सूचनामा भनिएको छ ।