काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर दुई हजार १३६.३५ विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, निर्जीवन बीमा ३६, अन्य ८, उत्पादन १० र व्यापार उपसमूह २४ अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स ४२ र फाइनान्स उपसमूह ६ अंकले बढेको छ ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ८.३९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९.६८ प्रतिशतले बढेको छ ।
यस दिन ३२४ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ४ अर्ब ५६ करोडमा कारोबार भएको छ ।