काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १७.१८ अंकले घटेर दुई हजार २४०.४१ विन्दुमा पुगेको छ ।
बैंकिङ १८, विकास बैंक ८५, फाइनान्स १३, होटल तथा पर्यटन १००, जीवन बीमा १८१, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १०२, अन्य २० र व्यापार उपसमूह १६ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर २०, लगानी १.४ र उत्पादन उपसमूह ८ अंकले बढेको छ ।
आज माण्डु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।
यस दिन ३२२ कम्पनीको दुई करोड ५० लाख कित्ता सेयर ८ अर्ब ७३ करोडमा कारोबार भएको छ ।