काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ७०.१८ अंकले बढेर दुई हजार ३१०.५९ विन्दुमा पुगेको छ ।
बैंकिङ ३३, विकास बैंक २१९, फाइनान्स ४८, होटल तथा पर्यटन २०१, जीवन बीमा ३१८, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा २३८, अन्य ३५, व्यापार ८, हाइड्रोपावर १५१ र उत्पादन उपसमूह १५० अंकले बढेको छ ।
आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको दुई करोड ५८ लाख कित्ता सेयर ९ अर्ब १३ करोडमा कारोबार भएको छ ।