काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९०.७३ अंकले घटेर दुई हजार ७३९.४६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ५०, विकास बैंक १३०, फाइनान्स १८८, होटल तथा पर्यटन ३२८, हाइड्रोपावर १२५, जीवन बीमा ५२८, उत्पादन १८९, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा ३८८, अन्य ८१ र ब्यापार उपसमूह १०३ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी इक्वीटी फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको २ करोड ६५ लाख कित्ता सेयर १२ अर्ब ९२ करोडमा कारोबार भएको छ ।