बैंकहरुमा कोरोनाको जोखिम, काउन्टर सहित चारवटा बैंक बन्द – Janadesh Daily | ePaper

बैंकहरुमा कोरोनाको जोखिम, काउन्टर सहित चारवटा बैंक बन्द


चन्द्रप्रकाश नेपाली,

घोराही । हिजो लक्ष्मी बैंकको हस्पिटल रोड स्थित एक्सटेन्सन काउन्टरका तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि काउन्टर र शाखा बन्द भएका छन् भने कन्ट्याक टे«सिङका आधारमा अन्य बैंक पनि बन्द गरिएको छ ।

लक्ष्मी बैंकका तीन र कर्णाली डेभलपमेन्ट बैंकका एक गरि चार जना संक्रमित कर्मचारीहरु अहिले आईसोलेशनमा छन् । सेवा प्रबाह गर्नै पर्ने भएकाले बैंकका कर्मचारीहरु निकै असुरक्षित भएको घोराही बैंैकर्श क्लवका अध्यक्ष पदमकुमार केसीले बताए

मानिसहरुको बढी भिडभाड हुने बैंक तथा वित्तिय संस्थाहरु कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । घोराहीमा दुई वटा बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि सेवा प्रबाह कसरी गर्ने भन्नेमा बैंकहरुलाई अन्यौता सृजना भएको हो ।

लक्ष्मी बैंकका तीन र कर्णाली डेभलपमेन्ट बैंकका एक गरि चार जना संक्रमित कर्मचारीहरु अहिले आईसोलेशनमा छन् । सेवा प्रबाह गर्नै पर्ने भएकाले बैंकका कर्मचारीहरु निकै असुरक्षित भएको घोराही बैंैकर्श क्लवका अध्यक्ष पदमकुमार केसीले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्