डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द – Janadesh Daily | ePaper

डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द


कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उहाँले बताए। रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्