आज ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा – Janadesh Daily | ePaper

आज ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा


लमजुङ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।

जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेँसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्