कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण


२० असार, काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार उपचारका उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि पछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।

आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भएको बताए ।

आइसोलेसन वार्डमै रहेका केही बच्चाहरुको समेत पीसीआर परीक्षणका लागि पठाएको तर त्यसको रिपोर्ट आइनसकेको उनले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्